परिचय

सञ्चार सम्बन्धी कार्य (चिठीपत्र, पार्शल लगायत वस्तुहरु) साथै हुलाक वस्तुहरु आदान प्रदान गर्नका लागि वि.सं. १९६७ सालमा छोटी हुलाक स्थापना भई वि.सं. २०३१ सालमा जिल्ला हुलाक कार्यालयको नामबाट स्थापना भएको कार्यालय हो । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ३ स्थित वयलडाँडा टोलमा आफ्नै भवनमा सञ्चालित रहेको छ । यहाँ जम्मा हाल १ जिल्ला हुलाक कार्यालय, ९ वटा पालिका स्तरिय हुलाक कार्यालय, ३ वटा हुलाक काउन्टर र २४ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । सल्यान जिल्लामा संघीय संरचना बमोजिम ३ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा १० वटा स्थानीय तह रहेका छन् । १० वटा स्थानीय तह अन्तर्गत शारदा नगरपालिकामा जिल्ला हुलाक कार्यालय सल्यान रहेको छ र ९ वटा हुलाक कार्यालयहरु पालिका स्तरमा सञ्चालित छन् जस अन्तर्गत हुलाक कार्यालय कपुरकोट गाउँपालिका,हुलाक कार्यालय त्रिवेणी गाउँपालिक,हुलाक कार्यालय छत्रेश्वरी गाउँपालिका,हुलाक कार्यालय सिद्बकुमाख गाउँपालिका, हुलाक कार्यालय कुमाख गाउँपालिका,हुलाक कार्यालय बागचौर नगरपालिका,हुलाक कार्यालय दार्मा गाउँपालिका, हुलाक कार्यालय बनगाड कुपिण्डे नगरपालिका तथा हुलाक कार्यालय कालिमाटी गाउँपालिका पर्दछन्। जिल्ला हुलाक कार्यालयबाट प्रदान गरिने सेवाहरु निम्न बमोजिम रहेका छन् -